राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण

53
  •  
  •  
  •  

काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार बिहीबार देखि प्रशिक्षणमा बोलाइएका खेलाडीमध्ये चारजनालाई कोरोना संक्रमण देखिएको हो । कोरोना देखिएका खेलाडीहरु सेल्फ आइसोलेसनमा बसेका छन् ।

बिहीबारदेखि सुरु भएको प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जनामा संक्रमण पुष्टी भएको हो । एन्फाले खेलाडीलाई त्रिपुरेश्वर स्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ ।

नेपालले बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ तथा दोश्रो खेल मंसिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।


  •  
  •  
  •