कठमाडौं, ६ असार (ओएनएस) नेमकिपाका अध्यक्ष नारायमान विजुक्षेले नेपालमा संसदीय व्यबस्था असफल भइसकेको दावी गर्दै राष्टपतिय प्रणालीमा जानुपर्ने बताएका छन् । पश्चिमा शैलीको संसदीय वा प्रधानमन्त्रीय प्रणाली दुदै निरंकुश हुने उनको दाबी छ ।
संविधानसभामा शासकीय स्वरुप समितिको प्रतिवेदन माथीको छलफलमा भागलिदै विजुक्षेले नेपालमा प्रधानमन्त्रीय प्रणाली असफल सिद्ध भइसकेको बताएका हुन ।
‘नेपालमा संसदीय व्यबस्थाका २२ बर्षमा सिद्धान्तहीनता, विश्वासघात, शुभलाभःका खेल भए, बिजुक्षेले भने– यस्तो बिकृति रोक्न प्रतक्ष निर्वाचित राष्टपतिय प्रणाली नेपालका लागि उपयुक्त छ ।’
मन्त्रीपरिषद गठनको जिम्मा राष्टपतिलाइ दिने र सासंसदहरु कानून निर्माणमा लाग्ने व्यबस्था गर्नुपर्ने उनको भनाइ थियो । नेपालमा उठिरहेको जातीयताको माग संवोधनगर्न माथिल्लो सदनलाइ ‘हाउस अफ नेस्नालिटिज’ गठन गर्न सकिने बिजुक्षेले बताए ।
शासकीय स्वरुपमा ‘मेरो गरुको बाह्रै टक्का’ नयाँ संविधानमा सर्बाधिक विबादको बिषय ठानिएको शासकीय स्वरुप सम्बन्धमा प्रमुख तीन दलबीच फराकिलो बिवाद देखिएको छ ।
संविधानसभाको प्रमुख दल नेपाली काग्रेस संसदीय प्रणाली, नेकपा एमाले पतक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली, एकीकृत माओवादी प्रतक्ष निर्वाचित कार्यकारी राष्टपतिय प्रणालीको पक्षमा अडिग रहेको छ ।
शासकीय स्वरुप सम्बन्धमा मधेशवादी दल र साना दल समेत विभाजित देखिएका छन् । संविधानसभा बैठकमा शासकीय स्वरुप समितिको प्रतिवेदन माथीको छलफलमा भागलिदै सभासद्हरुले आफ्नो पार्टीले प्रस्ताव गरेको शासकीय स्वरुप नै उपयुक्त हुने जीकिर गरिरहेका छन् । नेपाली काग्रेसका महेश आचार्यले नेपालमा लोकतन्त्र र स्थिरताका लागि संसदीय व्यबस्थामा जानुपर्ने बताए ।
नेपालमा गणतन्त्र स्थापना भइसकेको अबस्थामा राजतन्त्र रहेको बेलायतमा जस्तो ‘वेष्ट मिनिष्टर’ प्रणालीको वकालत काग्रेसले नगरेको दावी गर्नुभयो । नेकपा एमालेका अमृत कुमार बोहराले जनतावाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री र संसदवाट निर्वाचित राष्टपतिय प्रणाली अपनाउनु उपयुक्त हुने बताउनु भयो । एकै व्यक्तीमा शासन केन्द्रीत गर्दा निरंकुशता हावी हुने बताउनुभयो ।
भानुभक्त ढकालले प्रतक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली नेपाली मौलिकता र नेपालका लागि सुहाउदो हुने दावी गर्नुभयो । एकीकृत माओवादीका गिरिराजमणि पोखरेलले परंपरागत शासन प्रणालीले नेपालको समृद्धि संभव नभएका कारण जनतावाट प्रतक्ष निर्वाचित कार्यकारी राष्टपतिय प्रणालीमा जानुपर्ने बताउनुभयो ।
राष्टपतिय प्रणालीले नेपालमा राजनीतिक स्थिरता उत्पन्न हुने दावीगर्दै युगान्तकारी परिवर्तनलाइ संवोधन गर्नपनि राष्टपतिय प्रणालीमा जानुको विकल्प नभएको बताउनुभयो ।
राप्रपा नेपालकी कुन्तीकुमारी शाहीले नेपालको अस्थित्वको संरक्षणका लागि राजसंस्था सहतिको संसदीय व्यबस्था आबस्यक रहेको बताउनुभयो । राजावादी देखी माओवादी सम्म अटने संसदीय व्यबस्थाका लागि प्रतक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली उपयुक्त हुने उनकोे भनाइ थियो ।