रारामा मन्त्रिपरिषद् बैठक

699
  •  
  •  
  •  

काठमाडौं २ असोज ।
पर्यटकीय स्थल रारामा आगामी वैशाख दोस्रो साताभित्र मन्त्रिपरिषद् बैठक हुने भएको छ । रारामा लोलुफेरा अर्थात लुम्बिनी फेवा र रारा पर्यटन पदमार्ग अभियानमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार बिजष् पन्त, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले क्याबिनेट बैठकको प्रतिबद्धता जनाएका हुन् ।

त्यसैगरी ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष रमेश धमला, नेपाल माउन्टृन एसोसिएसनका महासचिव ठाकुरराज पाण्डे, पर्यटन व्यवसायी अग्नि कडेल लगायतकाले पर्यटन प्रर्वद्धनका लागि मन्त्रिपरिषद् बैठक राख्न पहल गरिने जनाएका छन् ।
कान्तिपुरबाट


  •  
  •  
  •