रामकुमारी झाँक्री

689
  •  
  •  
  •  

आज कुशे औसी । यानेकी बाबुको मुख हेर्ने दिन । मेरो जीवनका तीन दशक यो दिनको महत्व बुझिन, बुबाको साथ छदैथियो । जब मेरो बुवा स्वर्गे हुनु भो, सबै छर छिनेकी साथि भाइले यो चाड मनाउदा पो बल्ल बुझेँ यसको महत्व । हुन त हरेक दिन, हर पल बुबालाई सम्झिन्छु, जब कुनै अप्ठ्यारो पर्छ झन सम्झन्छु, मेरो बुबा हिडेको इमान्दारीताको बाटो, लगनशिलता र धैर्यताको बाटो । हामी सात सन्तान हुर्काउनु बढाउनु शिक्षा र संस्कार सिकाउनु कम चुनौति थिएन होला । आज म पनि आमा भकी छु अव त अनुमान होईन अनुभूत नै गरेकी छु । त्यही भएर आज म बुबालाई विशेष रूपमा सम्झिन चाहान्छु । भावपूर्ण श्रद्दान्जली र सम्मान अर्पण गर्छु ।


  •  
  •  
  •