राजस्वलाई पारदर्शी गर्न ‘रेभेन्यू म्यानेजमेन्ट सिष्टम’ लागु हुँदै

881
  •  
  •  
  •  

काठमाडौं, १२ जेठ (ओएनएस): सरकारको राजस्व खातालाई पारदर्शि र व्यवस्थापन गर्ने उदेश्यकासाथ ‘रेभेन्यू म्यानेजमेन्ट सिष्टम’ लागु गरिने भएको छ । सरकारी वित्तिय क्षेत्रलाई बढि जवाफदेहि, उत्तरदायि र पारदर्शि बनाउन रेभेन्यू म्यानेजमेन्ट सिष्टम लागु गर्न लागिएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी जानकारी दिएको छ । आर्थिक पत्रकार समाज नेपाल (सेजन) र सार्वजनिक खर्च तथा वित्तिय उत्तरदायित्व सचिवालयद्धारा सोमबार आयोजित नेपालको सार्वजनिक वित्तीय व्यवस्थापन सुधार र वित्तीय उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रममा महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक शंकर प्रसाद शर्माले शुरुवाती चरणमा काठमाडौं उपत्यकाभित्र लागु हुनेगरि रेभेन्यू म्यानेजमेन्ट सिष्टम सफ्टवेयरको विकास गरेको जानकारी दिए । उनले आगामी दिनमा राजस्वदाताले अनलाइनमार्फत कर दाखिला गर्न र कर बुझाउन लाग्ने झन्झटलाई हटाउन नयाँ सफ्टवेयर मार्फत सहज हुने बताए । राजस्व दाखिला गरेपछि अनलाइन भौचर रिपोर्टि९ हुने अवस्था आउँछ, उनले भने । नयाँ प्रणाली अनुसार राजस्व बुझाउने ग्राहकले राजस्व बुझाउने विवरण बैंकलाई दिएर रकम जम्मा गरेपछि एकद्धारबाट राजस्व दाखिला हुन्छ र सम्बन्धित कार्यालयले राजस्व बुझाएको अनलाइन मार्फत हेर्न सक्नेछ । हाल लागि कोष तथा लेखा नियन्त्रण कार्यालय र महालेखा नियन्त्रकको कार्यालयले मात्र अनलाइन मार्फत हेर्न सक्नेछन् । यो प्रणालीले राजस्वको ‘रियल टाइम’ र ‘एक्यूरेट डाटा’ पाउन सकिने कार्यालयको भनाई छ ।

त्यसैगरि महालेखा नियन्त्रक शर्माका अनुसार लेखा प्रणालीलाई व्यवस्थित गर्न ‘कम्प्यूटर वेस्ड गर्भनमेन्ट सिष्टम’ पनि लागु गरिने भएको छ । हाल १६ जिल्लामा परिक्षण भइरहेको उक्त प्रणाली आगामी आर्थिक वर्षदेखि सबै क्षेत्रमा प्रयोग गर्ने योजना रहेको छ ।

कार्यक्रममा पेफा सचिवालयका डिल्लीराम शर्मा र वाबुराम सुवेदीले वित्तिय व्यवस्थापन र वित्तीय उत्तरदायित्वका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनिहरुले कमजोर सुशासनका कारण वित्तीय व्यवस्थापनमा पनि कमजोरी आएको स्पष्ट पारे । साथै अहिले कर्मचारीतन्त्रमा पनि वित्तीय सुशासनको बारेमा चेतना अभिवृद्धि भएको बताए ।


  •  
  •  
  •