‘रअ’ प्रमुख गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको पुष्टी

119
  •  
  •  
  •  

काठमाडौँ, भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विहीबार प्रेस नोट जारी गरी प्रधानमन्त्री र रअ प्रमुख गोयलबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बेलुका भेटवार्ता भएको पुष्टी गरेका हुन् ।

थापाका अनुसार दुई देशबीचको समस्याहरुको वार्ताद्धारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अघि बढाउने विषयमा गोयलले आफ्नो धारणा व्यक्त गरेको थिए ।

गोयलले नेपाल भारत बीचको मैत्री सम्बन्ध खलबलिन नदिने विषयमा आफ्नो धारणा राखेको प्रेस सल्लाहकार थापाले जानकारी दिएका छन् ।

सुरक्षा मामिलामा चासो राख्ने गोयलसँगको भेटमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाको बारेमा भने थापाले केही खुलाएका छैनन् ।


  •  
  •  
  •