मोटोरोला मोबिलिटीको अमेरिकी कारखाना गूगलले बन्द गर्ने

885
  •  
  •  
  •  

काठमाडौं, १८ जेठ (ओएनएस): मोटोरोलाको मोटो एक्स स्मार्टफोनले उपभोक्तालाई आकर्षित गर्न असफल भएपछि गूगलले मोटोरोला मोबिलिटीको अमेरीकाको टेक्सासको फोर्ट वर्थस्थित कारखाना बन्द गर्ने भएको छ । यो अमेरीकाको एक्लो स्मार्टफोन कम्पनि गत वर्षको मे महिनामा शुरु भएको थियो । उक्त कम्पनिले करिब ३ हजार ८ सय जनालाई रोजगार प्रदान गरेको थियो यद्यपी कम्पनिमा अहिले ७ सय जना मात्र काम गरिरहेका छन् ।

जनवरीमा गूगलले मोटोरोला मोबिलिटीको उक्त इकाईलाई चीनियाँ कम्पनि लेनोवोलाई तीन अर्ब अमेरिकी डलरमा बेच्ने बताएको थियो । उक्त सम्झौता यो वर्ष पुरा हुने आशा गरिएको छ ।

पछिल्लो साल टेक्सासको उक्त कारखाना शुरु भएपछि मोटोरोलाले अमेरीकामा स्मार्टफोन जस्ता इलेक्ट्रोनिक उत्पादन बनाउनु निकै महंगो हुने विचारलाई चुनौती दिने बताएको थियो । अमेरीकामा मोटो एक्सको स्मार्टफोनको कमजोर बिक्री भएको थियो । शुरुवातमा ६ सय डलरको खुद्रा मुल्यमा बिक्री भएको थियो भने पछि त्यसको मूल्य घटेर ३९९ डलरसम्म घटेपछि कारखानाको उच्च लागत सहि ठहर्याउनु कम्पनिको लागि मुश्किल भएको थियो ।

शोध संस्था स्ट्राटेजी एनालिटिकका अनुसार कम्पनिले २०१४ को शुरुवातमा विश्वभर करीब ९ लाख मोटो एक्स स्मार्टफोन बेचेको छ । तर मोटोरोलाका अनुसार मोटो एक्स स्मार्टफोनको उत्पादन चीन तथा ब्राजीलको कारखानाहरुमा जारी रहनेछ ।


  •  
  •  
  •