मेडिकल कलेजहरुको अधिकतम शुल्क निर्धारण गर्न अख्तियारको निर्देशन

1034
  •  
  •  
  •  

काठमाडौं, २६ वैशाख (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल कलेजहरुले मनोमानी ढंगले शुल्क लिएको भन्दै शुल्कको अधिकतम सिमा तोक्न सरकारलाई निर्देशन दिएको छ । जथाभावी शुल्क लिएको जनगुनासो आएपछि त्यस्तो निर्देशन दिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले विज्ञप्ती मार्फत जनाएका छन् ।
आयोगमा शिक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, विश्वविद्यालयका सम्बद्ध पदाधिकारी, मेडिकल काउन्सिलका पदाधिकारी समेतको उपस्थितिमा शुक्रबार भएको छलफल पनि त्यस्तो निर्देशन दिइएको हो ।
अख्तियारले सबै मेडिकल कलेजको शुल्कमा एकरुपता कायम गर्न समेत अधिकतम शुल्क तोक्न आवश्यक भएको जनाएको छ । अख्तियारले मेडिकल कलेजहरुले मेरिट लिष्टमा राम्रो गरेकाहरुलाई भर्नामा प्राथमिकता नदिएको भन्ने गुनासो आएको भन्दै सच्चाउन निर्देशन दिएको छ ।
 त्यस्तै मेडिकल कलेजमा नेपाली विद्यार्थीका लागि छुट्याएको सिटमा नेपाली विद्यार्थी बाँकी छँदै विदेशीलाई भर्ना नगर्न अख्तियारले भनेको छ ।

  •  
  •  
  •