मेगाको ग्राहक सप्ताह आइतवारदेखि

752
  •  
  •  
  •  

काठमाडौं, ४ असोज (ओएनएस) ः मेगा बैंक नेपाल लिमिटेडले ग्राहकलाई लक्षित गरी आइतवारदेखि मेगा ग्राहक सप्ताह मनाउने भएको छ ।

दशैंको अवसर पारेर आयोजना गर्न लागेको सो सप्ताह असोज १० गतेसम्म सञ्चालन गरिने बताइएको छ । सप्ताहमा क्वीज देखि विभिन्न कार्यक्रम आयोजना गरी ग्राहलाइ मनोरन्जन गराइने बताइएको छ ।
बैंकमा आउने ग्राहकले बैंकका कार्यकारी निर्देशक अनिलकेशरी शाह तथा राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेल र अमृत भट्टराईसँग अन्तक्रिया गर्न पाउनेछन् ।

यस्तै आगामी तीन महिनासम्म  नयाँ ग्राहकले मेगा योङस्टार खाता खोली बचत भएको रकम बराबरको १ प्रतिशत रकम बैंकले ग्रहकको तर्फबाट अनाथ तथा असहाय बालवालिकाका शिक्षका लागि सहयोग गर्ने बैंकले जानकारी दिएको छ ।


  •  
  •  
  •