काठमाडौं, ९ जेठ । माछापुच्छे बैंक लिमिटेड र बेष्ट रेमिटबिच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक उमेश सिंह भण्डारी र बेष्ट रेमिटका अध्यक्ष अनिल गुरुङ्ग तथा निर्देशक भीमकृष्ण उदासले हस्ताक्षर गरे ।
सम्झौतासंगै विभिन्न देशबाट बेष्ट रेमिट मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् । सम्झौतापछी बेष्ट रेमिटका अध्यक्ष अनिल गुरmङ्गले विदेशबाट पठाएको पैसालाई सेवाग्राहीसम्म पुग्न थप सहजता मिल्ने बताए । उनले आगामी दिनमा रेमिट्यान्स कारोबारलाई जनस्तरमा बैङ्कीङ्ग च्यानलबाट पुर्याउन बेष्ट रेमिट क्रियाशील रहने प्रतिबद्धता समेत जाहेर गरे ।
बेष्ट रेमिटसंग सम्झौत गर्न पाउँदा खुशी र उत्साहित भएको बताउँदै माछापुच्छे बैंकका सहायक महाप्रबन्धक भण्डारीले बेष्ट रेमिट अब माछापुच्छे बैंकको आधिकारीक एजेन्ट भएको जानकारी दिए । उनले सम्झौतासंगै गुणस्तरीय सेवा र रेमिट्यान्स कारोवारमा थप जिम्मेवार भएर लाग्ने बताए ।