माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

847
  •  
  •  
  •  

काठमाडौं २९ कात्तिक (ओएनएस) : पार्टीभित्रको आन्तरिक द्धन्द्धका कारण नै विभाजनतिर उन्मुख नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आजदेखि बोलाइएको छ । सचिव नेत्रविक्रम चन्दको आग्रह र दवावमा बैठक बोलाउन लागेपनि उनीपक्ष नै उपस्थित नहुने भएको छ । बैठकमा चन्दले गरेको छुट्टै भेलाको समिक्षा र पार्टीको विवाद मिलाउन छलफल केन्द्रित हुनेछ ।

चन्दको एजेण्डा स्वीकार गर्ने वा उनलाई कारवाहीका लागि निणर्य गर्ने भन्नेमा निणर्य हुने एक नेताले बताए । सचिव देव गुरुङले पार्टीले आन्तरिक बाह्य सबै मुद्दामा छलफल गरेर एउटा कार्यदिशा तय गर्ने बताए । उनले बैठक ११ बजे पार्टी कार्यालय वुद्धनगरमा बस्ने बताए कपिलवस्तुमा दुई दिने भेला गरेको सचिव नेत्रविक्रम चन्द विप्लव पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्ने जानकारी पठाएको छ । अब पार्टी विभाजनको बाटोमा लागेको नेताहरुले नै विश्लेषण गरेका छन् ।

 


  •  
  •  
  •