महोत्तरीमा दुई दिनमा २ शव फेला

1294
  •  
  •  
  •  

महोत्तरी, १८ मंसिर (ओएनएस)  : महोत्तरी जिल्लामा दुई दिनको अवधिमा दुई बटा शव भेटिएको छ । बिहीबार जलेश्वर नगरपालिकाको सानो धबौलीस्थित रातो नहरको किनारमा भेटिएको युवक सोही ठाउँको ३५ बर्षीय सुनिल मण्डल रहेको प्रहरीले जनाएको छ । एक छोरी र दुई छोराका बाबु मण्डलको घर महोत्तरीकै सितापुर भंगहामा रहेपनि १३ बर्षदेखि सानो धबौलीमै बस्दै आएका थिए ।
अध्याधिक मदिरा पिएर घर फर्किने क्रममा पानीमा लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । यस्तै हिजो बुधवार पिपरा गाउँस्थित धनकार पोखरीमा मृत भेटिएको ३५ बर्षीय युवकको परिचय खुल्न सकेको छैन् । अध्याधिक मदिरा सेवन गरि पोखरीमा पाँच÷सात दिन अगाडि नै डुबेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले घरेलु अबैध मदिरा उत्पादनमा कडाई गरिरहेपनि चिसो मौसम आएपछि यस्तो कमसल मदिरा सेवन गर्ने मजदूरहरुको संख्यामा बढोत्तरी भएको सर्वसाधारणको ठम्याई छ ।


  •  
  •  
  •