महिला उद्यमशीलता कर्जा अब ५ लाख

932
  •  
  •  
  •  

काठमाडौं, २६ मंसिर (ओएनएस)  : तीन बर्षदेखि रोकिएको महिला उद्यमशीलता विकास कोषको परिचालन अन्तरगत कर्जाको सिमा एक लाखदेखि पाँच लाख सम्म पु¥याइएको छ । यसअघि कर्जाको सिमा एक लाखदेखि तीन लाखसम्म रहेको थियो ।

उद्योगमन्त्री महेश बस्नेतको पहलमा लगानी भएको कर्जाको व्याज साविकमा दश प्रतिशत रहेकोमा त्यसलाई घटाई हाल ६ प्रतिशत गरिएको छ । साथै तोकिएको समयभित्र सावाँ व्याज भुक्तानी गर्ने महिला उद्यमीलाई कर्जाको व्याजमा एक प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

यसैगरी केन्द्रीय कोष सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयानुसार कर्जा प्रवाह गर्न छनौट भएका १० जिल्लामा कार्यक्रम सञ्चालन गर्न कोषका तर्फबाट घरेलु तथा साना उद्योग विभाग र राष्ट्रिय वाणिज्य बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौँता भएको छ ।


  •  
  •  
  •