सोलुखुम्ब १२ जेठ (ओएनएस) : सोलुखुम्बुमा दम्पतीको हत्या भएको छ । नेचाबेतघारी– ८ सोलुखुम्बुस्थित दूधकोसी पुल छेउमा होटल तथा किराना पसल गर्दै आएको एक दम्पतीको गए राति हत्या भएको छ ।
खोला छेउमा रहेको बाटामा सामान्य व्यवसाय गर्दै आएका मानध्वज राई र उनकी श्रीमतीलाई अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
राति करिब १२ बजे द्धटना भएको प्रहरीले जनाएको छ । घटनाको सत्इ तथ्य पत्ता लगाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
Comments are closed.