काठमाडौं, ३ जेठ (ओएनएस) : भारतीय प्रधानमन्त्री मनमोहन सिंहले पदबाट राजिनामा दिएका छन् । आम निर्वाचनमा कांग्रेस आई र उसको गठबन्धनले नराम्रोसँग पराजय भोगेको भोलिपल्ट शनिबार सिंहको राजिनामा आएका हो । सिंहले राजिनामा पत्र राष्ट्रपति प्रणव मुखर्जीलाई बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजो आएको मतपरिणासँगै कांग्रेसको १० वर्षे शासन पतन भएको हो । प्रधामन्त्री सिंहले आज देशविासीका नाममा सम्बोधन गर्दै आफ्नो सरकार र आफ्नो जीवन खुला किताब भएको प्रतिक्रिया दिएका थिए । उनले भारतबाट पाकिस्तान छुट्टिएपछि आफ्नो परिवारसमेत विछोडिएको र एक्लो परेको स्मरण गर्दै प्रधानमन्त्रीसम्म पुर्याएकोमा जनतालाई धन्यावाद दिएका छन् ।
उनले आफ्नो कार्यकालमा भारतले विश्वमा बलियो पहिचान बनाउन सफल भएको र आगामी सरकारले पनि भारतलाई विश्वमान चित्रमा बलियो शक्तिका रुपमा उभ्याउने विश्वास व्यक्त गरेका छन् । उनले भाजपा नेता तथा भावी प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइसमेत दिएका थिए ।
शुक्रबार एको मतपरिणामअनुसार कांग्रेस आई ४४ सिटमा सिमित बनेको छ भने भाजपा २ सय ८२ सिटका साथ बहुमतमा छ । आगामी २१ मेमा मोदी नेतृत्वमा नयाँ सरकार गठन हुने बताइएको छ ।