भारतको १५ औं प्रधानमन्त्रीका रुपमा मोदीको सपथ

1317
  •  
  •  
  •  

 काठमाडौं १२ जेठ (एजेन्सी) : भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी भारतको १५औं प्रधानमन्त्रीका रुपमा सपथ लिएका छन् ।  भारतीय कम्युनिष्ट पार्टीहरुसँगको गठबन्धनसहित एक दशकसम्म नेतृत्व गरेको काँग्रेस पार्टीको शासनपछि आज पहिलो पटक भारतका एकजना हिन्दू राष्ट्रवादी नेता सरकारको नेतृत्वमा पुगेका छन् ।

राष्ट्रपति भवनमा ४ हजार स्वदेशी तथा विदेशी उच्च पाहुनाका अगाडी मोदीले प्रधानमन्त्रीका रुपमा सपथ लिएका हुन् । उनले सपथ लिएपछि भाजपा अध्यक्ष राजनाथ सिंहले गृहमन्त्रीका रुपमा सपथ लिएका थिए । अहिले अरु मन्त्रीहरुले सपथ लिइरहेका छन् ।
आफ्नो मन्त्रिपरिषद छोटो र चुस्त हुने मोदीले बताएका छन् । समारोहमा अतिथिका रुपमा आमन्त्रण गरिएका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफको उपस्थिलाई महत्वका साथ हेरिएको छ । त्यसैगरी सो समारोहमा सहभागिताका लागि अफगानिस्तानका प्रधानमन्त्री हमिद कारजायी र नेपालका प्रधानमन्त्री सुशील कोइराला पनि सहभागि छन् ।

  •  
  •  
  •