भारतको लोकसभा ‘बुढा’हरुको

1179
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ – नेपालमा राजनीतिमा युवा पुस्ता नभएकैले देशले गतिलो दिशा लिन नसकेको चर्चा चल्ने गरेको छ । ‘बुढा’ पुस्ताबाट देशको निकास सम्भव छैन भन्ने चर्चा नेपालमा चलिरहेको बेला छिमेकी राष्ट्र भारतमा हालै भएको चुनावबाट बहुसंख्यक ‘बुढा’ नेताले नै जितेका छन् ।

भारतीय जनता पार्टीका लालकृष्ण आडवाणी ८४ वर्षका छन् । उनी भारतका सबैभन्दा जेठा सांसद हुन् । कांग्रेसका सांसदहरु औसतमा भारतीय जनता पार्टी (जीजेपी)का भन्दा ३ वर्षले जेठा छन् । बीजेपीका सांसदहरुको औसत आयू ५४ वर्ष छ । त्यहाँको लोकसभामा ३० वर्ष मुनीका १२ जना मात्र छन् । जसमध्ये ४ महिला छन् । प्रधानमन्त्री बन्दै गरेका नरेन्द्र मोदी ६३ वर्षका भए ।
यो अर्थात् १६ औँ लोकसभा भारतको इतिहासमै सबैभन्दा धेरै ‘बुढा’हरु भएको लोकसभा हो । जहाँ ५३ प्रतिशत सांसदहरु ५५ वर्षभन्दा मुनीका छन् ।
पीआरएस लेगिस्लेटिभ रिसर्चको तथ्याङकअनुसार अहिले ७१ जना नयाँ सांसदहरु ४० वर्ष मुनीका छन् । २१६ जना ५५ वर्ष भन्दा कम उमेरका छन् । जहाँ २१२ जना ५६ देखि ७० वर्ष बिचका छन् । अरु ४१ जना भने ७० वर्ष नाघेका छन् ।
भारतका सुरुआती दुई लोकसभामा सबैभन्दा धेरै युवाहरुको उपस्थिति थियो । त्यो बेला उच्चतम अनुपात (झण्डै एक तिहाई)मा ४० वर्ष मुनीका सदस्यहरु रहेपनि अहिले १३ प्रतिशत मात्र युवा सहभागिता छ ।
सन् २०११ को जनगणनाअनुसार भारतको आधा जनसंख्या २५ वर्ष भन्दा मुनीकाको छ । ६५ प्रतिशत जनसंख्या ३५ वर्षभन्दा कम उमेर भएकाहरुको छ ।
पीआरएस लेगिस्लेटिभ रिसर्चर श्रेया सिंहले उत्पादकत्व  र लोकसभामा सहभागिताको विश्लेषण गर्दा युवा र बुढा बिच कुनै भिन्नता नभएको बताए ।
पछिल्लोसमय सांसदहरुको शैक्षिकस्तर सुधारिएको पाइएको छ । सांसदहरुको मुख्य पेशा कृषि हुने गरेको छ । २७ प्रतिशत सांसदहरु कृषि पेशामा आवद्ध छ । राजनीति र सामाजिक सेवालाई पेशाको रुपमा ब्याख्या गर्नेहरु २४ प्रतिशत छन् । नरेन्द्र मोदी र राहुल गान्धी पनि त्यसैमा पर्छन् । २० प्रतिशतले आफूलाई बिजनेस पर्सनको रुपमा चिनाउँछन् । अहिलेको लोकसभामा ३८ जना अधिवक्ता, २४ जना डाक्टर र १८ जना कलाकार छन् ।
अहिलेको लोकसभा सबैभन्दा बढी महिला सहभागी भएको लोकसभा हो । यद्यपि अहिले पनि महिला सभागिता ११ दशमलव ३ प्रतिशत छ । ती मध्ये आधाजसो महिला सांसद बीजेपीका हुन् ।
ठूलो युवा संख्या भएको भारतमा किन जनताले ‘बुढा’लाई नै विश्वास गरेका होलान् त ? यसले मानिसको उमेर भन्दा पनि जनविश्वास, कार्यकुशलता र क्षमतालाई बढि महत्वपूर्ण ठान्ने रहेछन् भन्ने देखाएको छ ।
दी हिन्दुमा प्रकाशित समाचारमा आधारित 

  •  
  •  
  •