काठमाडौं ७ जेठ (ओएनएस) : आम आदमी पार्टीका नेता अरविंद केजरीवाल पक्राउ परेको छन् । पक्राउपछि उनलाई न्यायिक हिरासत पठाइएको छ ।
भारतीय जनता पार्टीका नेता नितिन गडकरीको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
उनले भाजपा नेता गडकरी विरुद्ध भ्रष्टाचार आरोप लगाएका थिए । केजवारीले आरोप लगाएपछि गडकरीले उनी विरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
प्रहरीले केजरीवालविरुद्धको मुद्दा अदालतमा दर्ता गरेपछि केजरीवालले अदालतसमक्ष क्षतिपूर्ति भराइपाउँ भनि दिएको अपिल खारेज गरेको थियो । केजरीवालको अपिल अस्वीकार गर्दै अदालतले केजरीवाललाई न्यायिक हिरासतमाा लिन आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो ।