भयो डिआईजीको बढुवा

284
  •  
  •  
  •  

काठमाडौं २९ साउन (ओएनएस) :  सरकारले नेपाल प्रहरीका ९ जना नायव महानिरिक्षक (डिआईजी) लाई अतिरिक्त महानिरिक्षक (एआइजी)मा बढुवा गरेको छ । बिभिन्न बिवादका कारण लामो समय देखि डिआईजीको बढुवा हुन सकेको थिएन । बढुवा हुने डिआइजीहरुमा राजेन्द्रसिंह भण्डारी,  सुरेन्द्र शाह, विज्ञानराज शर्मा,  बीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर बज्राचार्य, प्रतापसिंह थापा, केदार साउद, गणेश राई  र नारायण बस्ताकोटी रहेका छन् ।

बिहिवारसाँझ बसेको मन्त्रिपरिषद्को बैठकले बिभिन्न मन्त्रालयमा सचिवको पदस्थापन र सरुवा गरेको छ । साथै केही सहसचिवलाई कामु सचिवको जिम्मेवारी दिएको छ ।
लगातारको बर्षाको कारण बिभिन्न क्षेत्रमा गएको पहिरो र बाढीबाट पिडित परिवारको लागि सम्पूर्ण मन्त्रीहरुले आफ्नो १५ दिनको तलव सहयोग स्वरुप प्रदान गर्ने भएका छन् । त्यस्तै बिभिन्न ठाउँमा राजनीतिक नियुक्ति पनि भएको छ ।


  •  
  •  
  •