भतिजीलार्ई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

701
  •  
  •  
  •  

सिन्धुपाल्चोक, २७ भदौ (ओएनएस) : सिन्धुपाल्चोकको ज्यामिरेमा ४ वर्षकी आफ्नै भतिजीलार्ई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

स्थानीय एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी आफ्नै भतिजीलाई बलात्कार गरेको आरोपमा काका १६ बर्षिय टिकाराम गिरी पक्राउ परेका हुन् । घरमा एक्लै खेलिरहेका बेला घरबाट उठाएर लगि बलात्कार गरेको पिडित बालिकाले प्रहरी समक्ष बताएकी छिन् । घटना गत भदौ २२ गतेको भएपनि आज मात्र सार्बजनिक भएको हो ।

पिडित बालिकाकी आमाले दोषीमाथी कारवाही गर्न माग गर्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले गिरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए ।  बलात्कृत बालिकाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •