काठमाडौ, १७ साउन(ओएनएस): सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री आउने दिनमा बिदा दिने भन्ने हल्ला निराधार भएको बताएका छन् । शनिवार राती ओएनएस न्युज सँग कुरा गर्दै मन्त्री रिजालले भने “भोली सार्बजनिक बिदा छैन ।” सरकारका अर्का एक मन्त्रीले भने भारतीय प्रधानमन्त्री आउने दिन आईतवार र सोमवार उपत्यका बिदा दिने बारेमा सूचना प्रकाशित गर्न उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई भनिएको बताएका थिए ।