बालाजुलाई एकै दिन आठ स्वर्ण

1370
  •  
  •  
  •  

काठमाडौं, जेठ २५ (ओएनएस) । काठमाडौंमा जारी प्रथम सदस्य–सचिव कप आमन्त्रित कराते प्रतियोगिताको दोस्रो दिन बालाजु डोजोले आठ स्वर्ण जित्दै टिम च्याम्पियन बन्ने संकेत दिएको छ । नेपाल सितेरियो कराते संघ ठमेल र छाउनी शाखा डोजोले संयुक्त रूपमा आयोजना गर।ेको प्रतियोगिताको दोस्रो दिन बालाजुले महिलातर्फ ६ स्वर्ण र पुरुषतर्फ २ स्वर्ण गरि आठस्वर्ण पदक हात पारेको हो ।

खेलमा बाजालु डोजोका राजकुमार रसाइलीले ६० केजी तौल समूहमा स्वर्ण जिते भने बालाजुका सन्तोष राई रजतमा रोकिए । त्यस्तै ६५ केजीमा बालाजुकै नविन रसाइली पहिलो बन्दा ज्ञान मन्दिरका अर्जुन तामाङ दोस्रो भए । ७० केजीमा होप्सका राजीव त्रिपाठी पहिलो, बालाजुका अष्टवीर लामा दोस्रो बने ।

५५ केजीमा होपका सुजन श्रेष्ठले स्वर्ण र सुब्बा तामाङले रजत हात पारे । ४५ केजीमा ज्ञान मन्दिकार मनिष सिंह ठकुरीले स्वर्ण, होप्सका मिलन सिलवालले रजत जिते ।४० केजीमा आन्नदनगरका साहिर राई पहिलो, धादिङका सुरज परियार दोस्रो भए । आनन्द नगरकै दोर्जो शेर्पा ३५ केजीमा पहलिो बने ।
महिलातर्फको खेलमा ४५ केजीमा बालाजुकी विपना लामा, ५० केजीमा बालाजुकै कविता पौडेल, ६० केजीमा बालाजुकै पूजा पुलामी र ६५ केजीमा बालाजुकै लाईना ओझाले स्वर्ण जिते । ४० केजीमा पनि बालाजुकै एन्जीला धिमाल पहिलो भईन । भादिङकी निता तामाङ दोस्रो भइन् । एकल काता पुरुषमा सनि श्रेष्ठ र महिलामा कृपा गुरुङ पहिलो भए । राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको प्रतियोगिताको ५० केजी पुरुषतर्फ सोमान लामा र नवराज श्रेष्ठ फाइनलमा पुगेका छन् ।

त्यस्तै महिलामा २५ केजीमा आयुषा लामा र भावना राई फाइनलमा पुगेका छन् भने पुरुषको ७५ केजीमा पनि ७५ केजीमा सोबोकानका सवि श्रेष्ठ र दिब्यरत्न महर्जन फाइनलमा पुगेका छन् । प्रतियोगिता आइतबार सकनेछ । उता फ्रिडम फाइटर्स प्रथम खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

फ्रिडम फाइटर्सले चावहिल स्पोर्ट्स क्लबलाई २–० ले पराजित ग¥यो । विजेताका कृष्ण लामा र विक्रम लामाले गोल गरे । गंगाहिटी टोली सुधार समिति, चावहिलद्वारा आयोजित प्रतियोगितामा जित हात पार्दै दोर्जे गियर र लिजेन्ड एफसी पनि अन्तिम सोह्रमा पुगे । लिजेन्डले ओर्डर मार्कलाई ५–१ को फराकिलो गोलअन्तरले हरायो ।

लिजेन्डका शरण तामाङले ह्याट्रिक तथा उत्तम गुरुङ र सुवास बानियाँले १–१ गोल गरे । ओर्डर मार्कका अभ्निश प्याकुरेलले सान्त्वना गोल फर्काए । दोर्जेले धुकु फुटसल क्लबमाथि २–० को जित प्राप्त ग¥यो । विजयी टिमका लागि दिनेश कार्की र सन्तोष तामाङले गोल गरे ।


  •  
  •  
  •