बागमती सफाई गर्न पुगेका राष्ट्रपति जल छर्केर फर्किए

1042
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख (ओएनएस) : शनिबार विहान राष्ट्रपति डा. रामवरण यादव पशुपतिको गुहेश्वरी पुगे । चर्चा थियो–राष्ट्रपति बागमती सरसफाई गर्न आएका हुन् ।
हुन पनि, सरकारका मुख्यसचिव दिन–रात, घाम–पानी नभनी सरसफाई अभियानमा जुटेको देखेका राजधानीका बासिन्दालाई लागेको थियो–राष्ट्रपति पनि बागमतीमा पसेर एउटा/दुईटा प्लाष्टिक टिप्लान् ।
तर राष्ट्रपति बागमतीमा पसेनन् । सायद, घिनाए । उनले नदी छेउमा राखिएका बालुवाले भरिएका बोरामा टुक्रुक्क बसेर पानी शिरसम्म लैजाने हिम्मत भने गरे । राष्ट्रपतिसँगै पुगेका सभामुख सुवासचन्द्र नेम्वाङले पनि पानी शिरमा चढाए । बागमती सरसफाई अभियान सुरु भएको शनिबार ५० हप्ता पूरा भएको छ ।
यसबिचमा सरकारी निकायका विभिन्न पदाधिकारी, राजनीतिक दलका नेता, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयवासी लगायतले बागमती सफाइमा सहयोग पुर्याएका छन् ।1b1911121e2a2901b9ebce3934ddb962 1ce20b752dcb0c3875a62fe73858c11c 7cb242f0dc2b2b842e91a82c89f19d94 7e351a9db1c6e5421a681ebf6312307c 965bce352170681de5c49a6a3b899500 59368c3e5796ddca7c58aa523f263a5a 1417012a9b4776f386fe08940f33d0d3 bc233787b8125fd0a755257d347c9d68 c67d09ec9a225eb77c469dab4405d512 ea724d9ee4642cdaab6b01dae682af29 f168b90c4d39faa1cbb6bb169e66beae fec5483db51cb77fdd2dc27db9546369
तस्बिर : कबिन अधिकारी / ओएनएस

  •  
  •  
  •