बस दुर्घटनाको शोकमा जाजरकोट बन्द, बेपत्ताको स्थिति अझै अज्ञात

828
  •  
  •  
  •  

जाजरकोट, ५ मंसिर (ओएनएस) : नेपाल पत्रकार महासंघ, नागरिक समाज, गैसस महासंघ र उद्योग वाणिज्य संघ जाजरकोटले बन्द आह्वान गरेका हुन् । अपराह्न १२ बजेपछि जाजरकोट बन्द आह्वान गरिएको हो । जाजरकोट सदरमुकामबाट राकम सुर्खेतका लागि छुटेको यात्रुवाहक बस हिजो भेरी नदीमा खस्दा पाँचजनाको मृत्यु भएपछि बन्द आह््वान गरिएको बन्दआह्वानकर्ताले बताएका छन् ।

 जाजरकोट भुर गाबिसस्थित भुतचौर भन्ने ठाउँमा बस दुर्घटना हुदा ६ जनाको ज्यान गएको थियो ।  । सदरमुकाम खलंगाबाट सुर्खेतको राकमका लागी बिहिबार बिहान ६ बजे छुटेको ना २ ख १४०८ नम्बरको बस दुर्घटना थियो ।

बस सडकबाट करीव ४५ मीटर तल भेरी नदीमा डुवेको थियो । प्रहरी तथा स्थानीयहरुले १० जना घाइतेहरुलाइ उद्वार गरी उपचारकालागी सुर्खेत पठाएको थियो ।


  •  
  •  
  •