काठमाडौं,४ असार (ओएनएस) फोटो पत्रकारहरुको छाता सगठन फोटो पत्रकार क्लबले आइएमई ग्वोलबल आइमई बैंक नेपाल फोटो प्रतियोगीता तथा प्रदर्शनीका लागि तस्वीर पठाउन आव्हान गरेको छ । फोटो असार २३ गतेभित्र पठाइसक्नुपर्नेछ । प्रतियोगितामा नेपाली नागरिक मात्र सहभागी हुन सक्नेछन् भने तस्वीरहरु नेपालभित्रै खिचिएको हुनुपर्नेछ ।
प्रतियोगितामा सामसुङ ग्यालेक्सी डेली लाईफ, टुरिजम एण्ड कल्चर, वाइल्ड लाइफ एन्ड नेचर, न्यूज फोटो, स्माईल र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछ । न्युज फोटो विधामा २०७० सालभरि खिचिएका तस्वीरहरुले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन् ।
अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरु पठाउन सकिनेछ । प्रत्येक विधामा प्रतियोगीले ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा २ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउनेछन् ।
उत्कृष्ट छनोट गरी ‘आईएमइ ग्वोबल आईएमइ बैंक फोटो अफ द इयर’ घोषणा गरिनेछ । विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमश ३०, २० र १० हजार पाउनेछन् । फोटो प्रतियोगिताको ५ सदस्यीय निर्णयक मण्डल समेत गठन भएको छ । बेलायतका बरिष्ठ फोटोपत्रकार जर्ज जजिर्योको अध्यक्ष रहेको मण्डलमा, बरिष्ठ फोटोग्राफर मणी लामा, बरिष्ठ पत्रकार जिबेन्द्र सिम्खडा, बरिष्ठ आर्ट क्युरेटर सिर्जना थापा र फोटोपत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा रहेका छन् ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएका १ सय ५० फोटोलाई काठमाडौंमा सात दिन र नेपालका प्रमुख चार शहर विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रदर्शन गरिने क्लबले जनाएको छ ।