प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव ‘देशको होइन आफ्नो चिन्ता लिनुस्’

877
  •  
  •  
  •  

काठमाडौं, २ असार (ओएनएस)

राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्री सुशिल कोइरालालाई देशको चिन्ता भन्दा आफ्नो स्वास्थ्यको चिन्ता लिन सुझाव दिएका छन् । उपचारको लागि सोमवार साँझ अमेरिका प्रस्तान गर्नु अगाडि आफूलाई भेट्न अएका प्रधानमन्त्री कोइरालालाई राष्ट्रपति यादवले “यताको चिन्ता नगर्नु, पूर्ण स्वस्थ भएर आउनु तपाईलाई  देशबासीको यहि आशिर्वाद छ ” भनेका थिए ।

राष्ट्रपतिका स्वकिय सचिव ललित बस्नेतले ओएनएस न्युज लाई दिएको जानकारी अनुसार राष्ट्रपति यादवलेले देशमा चुनेको सरकार, निर्वाचित संविधानसभा, जिम्मेवार राजनीतिक दल भएकोले देशको चिन्ता लिन नपर्ने बताएका थिए ।

कोइराला अमेरिका प्रस्थान

प्रधानमन्त्री सुशिल कोइराला उपचारको लागि आज साँझ अमेरिका तर्फ प्रस्थान गरेका छन् । प्रधानमन्त्रीले आफू निको भएर चाँडै फर्किने बताएका छन् । अमेरिका तर्फ लाग्नु अगाडि देशबासीका नाममा सन्देश दिँदै आफ्नो स्वस्थ्य प्रति चासो राख्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री कोइरालाको न्युउयोर्क स्थित मेमोरियल स्लोन केटरिङग क्यान्सर सेन्टरमा उपचार हुने छ ।  फोक्सोमा क्यान्सरको आशंका गर्दै चिकित्सकहरुले थप उपचारको लागि अमेरिका जान सुझाव दिएका थिए ।


  •  
  •  
  •