
काठमाडौं ४ जेठ (ओएनएस) : आफुलाई पदबाट हटाउनु गैर कानुनी दावी गर्दै खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । लामाले आइतबार सरकार र शिक्षा मन्त्रालय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
रिटमा उनले विना कुनै जानकारी गैर कानुनी तरिकाले हटाइएको दावी गरेका छन् । लामा जुलुस सहित राखेपबाट सर्वोच्च अदालतत गएका थिए। लामाले अदालत जानु पूर्व पत्रकार सम्मेलन गरेर खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको कार्य गैरकानुनी भएको दाबी गरे।
आइतबारबाटै राखेपमा कायममुकायम सदस्य सचिवको जिम्मेवारी पाएका युवा तथा खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेलले पदभार ग्रहण गरेका छन् ।