पुर्व पश्चिम रेलमार्गको शिल्यान्यास

780
  •  
  •  
  •  

सर्लाही, १ असार (ओएनएस) । सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको पूर्व पश्चिम बिद्युतिय रेलमार्गको सर्लाहीको रानीगंजमा शिलन्यास गरिएको छ ।

भौतिक पुर्वआधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिले आइतबार राष्ट्रिय गौरवको योजना मेचि–महाकाली विद्युतिय रेल सेवा शिलान्यास गरेका छन् । पहिलो चरणमा बर्दिवास सिमरा खण्डमा निर्माण हुने १ सय ८ किलोमिटर रेलमार्गको ट्रयाक बनाउने कार्यको शिलन्यास गरिएको हो । मन्त्री निधिले कसैले कल्पना सम्म नगरेको विकासको काम हुन थालेको वताए ।

धेरै ठूलो विकासको काम हुन गइरहेको छ, निधिले भने–‘देश विकासको लागि पूर्वाधार विकास अपरिहार्य हो । यसले रोजगारी, ब्यापार बृद्धि गर्नुका साथै सस्तो र थोरै समयमा लामो दुरी तय गर्न सकिन्छ ।’ राष्ट्रको मुहार फेर्ने भएकाले सरकारले राष्ट्रिय गौरवको आयोजना किटान गरेको उल्लेख गर्दे निधिले नेपाली बजेटवाटै काम थालिएको वताए ।


  •  
  •  
  •  

Comments are closed.