पाकेटमारी गरेको आरोपमा ४ जना पक्राउ

634
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : पाकेटमारी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

काठमाण्डौं मल, सुन्धारा अगाडी पाकेटमारी गर्दै हिड्ने ४ जनालाई हिजो पक्राउ गरि आज महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको महानगरी प्रहरी अपराध महाशाखा हनुमानढोकाले जनाएको छ ।

पक्राउ पर्नेमा पाल्पा तानसेन–८ घर भई ललितपुर ईमाडोल वस्ने गोपाल मगर, काभ्रे पाचखाल–७ घर भई ललितपुर ग्वार्को वस्ने विरबहादुर तामाङ नुवाकोट चौघडा–६ का सुशील राई र ललितपुर चन्दनपुर –८ घर भएका तिर्थबहादुर गोले पक्राउ परेका महानगरीय अपराध महाशाखाले जनाएको छ ।


  •  
  •  
  •