पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन चुनाव लड्न नपाउने अदालतको फैसला

704
  •  
  •  
  •  

 

३० चैत्र : पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन चुनाव लड्न नपाउने अदालतले फैसला गरेकाे छ।फैसलामा पुर्वप्रधानमन्त्री नवाज सरिफले जीवन भरि निर्वाचनमा भाग लिन नपाउने उल्लेख छ

पाकिस्तानको सर्वोच्च अदालतले शुक्रबार उनलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला सुनाएको हो।

पाकिस्तानी संविधानको धारा ६२ अनुसार सरिफलाई त्यस्तो फैसला सुनाइएको अदालतले स्पष्ट पारेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो फैसलासँगै पूर्वप्रधानमन्त्री सरिफको प्रत्यक्ष राजनीतिक यात्रा अन्त्य भएको छ। यस विषयमा सरिफको प्रतिक्रिया भने आइसकेको छैन। भ्रष्टाचारको आरोप लागेपछि उनले गत वर्षको २८ जुलाईमा प्रधानमन्त्री पदबाट राजिनामा दिएका थिए।

 


  •  
  •  
  •