पशुपतिमा मूल भट्ट फेरिए

1222
  •  
  •  
  •  

काठमाडौं २ असार (ओएनएस) : पशुपतिमा मूल भट्ट फेरिएका छन् । पशुपति क्षेत्र विकास संचालक परिषदले गणेश भट्टलाई मूल भट्ट पुजारीकोरुपमा नियुक्ति गरेको छ । आइतबार बसेको परिषद्को बैठकले मूल भट्ट महावलेश्वरको राजीनामा स्वीकृत गरि नयाँ भट्टका रुपमा गणेश भट्टलाई सिफारिस गरेको थियो ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का संरक्षक तथा प्रधानमन्त्री सुशील कोइरालाले नयाँ मूल भट्टमा गणेश भट्टलाई सोमबार नियुक्त गरेका हुन्।

पशुपति मन्दिरमा करिब चार वर्षदेखि मूलभट्टका रुपमा कार्यरत महाबलेश्वर भट्टको राजीनामा प्रधानमन्त्री कोइरालाले स्वीकृतसमेत गरेका छन्।
गणेश भट्ट यसअघि वरिष्ठ साहायक भट्टको रुपमा कार्यरत थिए। घरायसी कारण देखाउंदै मूल भट्टले राजीनामा दिएका थिए । कोषको नियमावली अनुसार प्रधानमन्त्री पशुपतिको संरक्षक रहने व्यवस्था छ ।


  •  
  •  
  •