पत्रकार भट्टराईमाथि आक्रमण

923
  •  
  •  
  •  

udayapur_districtउदयपुर ९ मंसिर (ओएनएस) : समाचारको बिषयलाई लिएर प्रेस चौतारी उदयपुरका कोषाध्यक्ष पत्रकार रामप्रसाद भट्टराई (सचिन) माथि मंगलबार संघिय समाजबादी पार्टीका जिल्ला अध्यक्ष सहितका नेताहरुले सांघातिक आक्रमण गरेकाछन ।

मंसिर ९ गते बिराटनगरबाट प्रकाशित उज्यालो पत्र दैनिकमा ‘अशोक राई’ एक्लिदै शिर्षकको समाचारको बिषयलाई लिएर राई नेतृत्वको संघिय समाजबादी पार्टीका जिल्ला अध्यक्ष सिद्धान्त राई, उपाध्यक्ष घनश्याम कटुवाल, अग्रगामि बिद्यार्थी युनियनका जिल्ला अध्यक्ष एन्जिल राई, बिद्यार्थी युनियनका केन्द्रीय सदस्य सचिब केशव राईले पत्रकार भट्टराईलाई अन्धाधुन्द आक्रमण गरेका हुन ।

बिहान ११ बजे पत्रिका पसलमा जाँदै गर्दा उनीहरुले सदरमुकाम गाईघाटस्थित आँपटार चियापसलमा बोलाएर आफुमाथि आक्रमण गरेको पत्रकार भट्टराईले बताउनुभयो । आक्रमणबाट भट्टराईको गालामा चोट लागेको छ । कुटपीट पछि भट्टराईले मंगलबार नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकाछन । भट्टराई उज्यालो पत्र दैनिकका सम्बाददाता र बरुवा टाईम्स दैनिकका उपसम्पादक हुन ।


  •  
  •  
  •