काठमाडौं, २५ जेठ (ओएनएस): साताको पहिलो दिन अाइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुधार आएको छ । नेप्से परिसूचकमा आज ३.८८ अंकको सुधार हुँदै परिसूचक ८८३.२१ बिन्दूमा पुगेको छ । आज क वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि १.१ अंकको सुधार आएको छ ।
समुहगत परिसुचकमध्ये आज बाणिज्य बैंक विकास बैंक, जलविद्युत र वित्तसमुहको परिसुचकमा सुधार आएको छ भने होटल्स समुह र बीमा समुहको परिसूचकमा कमी आएको छ ।
बजारमा कुल ३१८९ शेयर कारोबार भएको छ भने ८ लाख ७५ हजार ७७ कित्ता शेयर खरिद बिक्री भए । आज बजारमा कुल ३२ करोड २० लाख २६ हजार ४ सय ६० रुपैंया बराबरको कारोबार भएको छ ।
नेप्सेमा सबैभन्दा धेरै कारोबार हुने कम्पनिमध्ये चिलिमे हाइड्रोपावर कम्पनि अग्रस्थानमा छ भने इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकका शेयर धनीले सबैभन्दा धेरै कमाए । आज एनएलजी इन्स्योरेन्सका शेयर धनीले भने सबैभन्दा धेरै गुमाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।