नेपाल र खनालसँग उम्मेदवार बन्ने बैद्यानिक आधारै छैनः सचिव पोख्रेल

748
  •  
  •  
  •  

 

काठमाडौ, ५ असार (ओएनएस) । नेकपा एमालेका सचिव शंकर पाख्रेलले झलनाथ खनाल र माधवकुमार नेपालसँग नवौ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने नैतिक र बैधानिक आधार नभएको दावी गरेका छन ।

‘माधवकुमार नेपाल र झलनाथ खनालले उम्मेदवारी दिने हो भने विधान संसोधन गर्नु पर्छ, उनले भने,‘उहाँहरुले रहर नै गर्नुभएको हो भने विधान संसोधन गरिदिउँला तर जित्ने त केपी ओली नै हो ।’

बिहीवार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा सचिव पोखरेलले माधवकुमार नेपाल बरिष्ठ नेतासहित तीन पटक कार्यकारी भईसकेको र खनाल पनि पहिला महासचिव र अहिले अध्यक्ष भईसकेकोले विधान अनुसार उहाँहरुले उम्मेदवारी दिनै नसक्ने ठोकुवा गरे ।

पार्टीको नीति र विचार केपी ओलीको भएकोले अब नेतृत्व पनि उहाँकै हुने भन्दै महाधिवेशन प्रतिनिधि चयनमामा ओली पक्षमा चमत्कार भएको बताए ।

ओलीको स्वास्थ्य अवस्थालाई लिएर भईरहेको बहसलाई लिएर उनले पार्टी विचारले हाक्ने भएकोले ब्यक्तिको स्वास्थ्यले कुनै फरक नपार्ने दावी गर्दै ओली अहिले पनि सक्रियनै रहेको बताए ।

संविधान निर्माणको क्रममा एमालेको शासकीय स्वरुप र संघीयताको विषयमा स्पष्ट बटमलाईन भएको भन्दै कार्यकारी प्रधानमन्त्री र थोरै संख्या भएको बहुपहिचानसहितको संघीयताबाट पछि नहड्ने स्पष्ट पारे ।


  •  
  •  
  •