नेपालका ६ जना युवा बने विश्वकप हेर्न पाउने भाग्यमानी

1847
  •  
  •  
  •  

धनगढी, २४ वैशाख (ओएनएस) : आगामी जुन–जुुलाई महिनामा ब्राजिलमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी तिब्र छ । विश्वका हरेक देशबाट प्रतियोगिता हेर्न मानिसहरुको घुइचो लाग्ने गर्छ ।

नेपालबाट पनि ६ जना विश्वकप फुटबल हेर्न पाउने भाग्यमानि बनेका छन् । कैलाली, कास्की र मकवानपुर जिल्लाका ६ जना किशोरकिशोरीले स्थलगत रुपमा अवलोकन गर्न पाउने भएका छन् । मर्सि क्रोप्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खेलका माध्यमबाट युवा विकास, सामाजिक एकता र विकास भन्ने संस्थाको सिद्धान्तमा आधारित भई अखिल नेपाल फुटबल सङ्घको साझेदारीमा नेपालका यी तीन जिल्लाका ६ जना किशोरकिशोरीलाई विश्वकप फुटबलको स्थलगत अवलोकन गराउन लागिएको हो ।

सन् २०२२ मा कतारमा विश्वकप फुटबलको आयोजनाको जिम्मा पाएको सुप्रिम कमिटीको सहयोगमा नेपालका खेलाडीलाई विश्वकप फुटबल हेर्ने अवसर प्राप्त हुन लागेको बताइएको छ । यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिताको कैलालीका बाढी पीडित क्षेत्रका आठ जना किशोरकिशोरीले स्थलगत अवलोकन गर्ने अवसर पाएका थिए ।


  •  
  •  
  •  

Comments are closed.