नेताहरुमो नाम लिदै विचौलीया मन्त्रालयमा

701
  •  
  •  
  •  

काठमाडौं ३ कात्तिक ।
कृषि विकासमन्त्री हरिप्रसाद पराजुलीले नेताको नाम लिंदै आफ्नो मन्त्रालयमा पनि बिचौलियाहरु आउने गरेको बताएका छन् । एभरेष्ट मिडिया कन्सल्टले आइतबार राजधानीमा गरेको अन्र्तक्रियामा कृषिविकास मन्त्री पराजुलीले बिचौलियाहरुको खोजी खोजी समाचार लेख्न सञ्चारकर्मीलाई आग्रह गरे । ‘बीचका नेताहरु राजनीतिक नेताहरुको प्रभावलाई प्रयोग गर्दै प्रोजेक्ट पेपर हालेकाहरुबाट तेरो पार्दिन्छु भन्दै असुल्छन्,’ उनले भने, ‘त्यस्तालाई अहिले *मन्त्रालयमा) कडाइ गरिएको छ ।’

मन्त्री पराजुलीले विश्व बैंकले लगानी गरेको रकम पनि तल्लो तहका किसानका लागि डिजाइन नभएको बताए । ‘त्यस्तो डिजाइन किन भयो, त्यो पहिले डिजाइन गर्नेहरुसँग सोध्नुहोस्,’ उनको भनाइ थियो, ‘साना किसानहरुका लागि आउनुस्, पैसा लैजानुस् भनेर डिजाइन गरिएको होइन ।’

धेरै विशेषज्ञ ज्ञान नभएकाहरु नेताको आडमा आयोजना पार्न लाम लाग्ने उनको भनाइ छ । ‘आफूले केही जान्दैन, ५० हजार रुपैयाँ दिएर प्रोजक्ट पेपर लेखेर मेरो मान्छे मन्त्री भएकोबेला यदि पारिदिनुपर्‍यो भन्दै आउँछन्,’ उनले अनुभव सुनाए, ‘मैले धेरैलाई सम्झाएर पठाएको छु ।’ उनले डकुमेन्ट बनाएर पैसा लिने एनजीओमाथि कडाइ गर्दा आफूमाथि मुद्दा हाल्ने तयारी गरेकोसमेत उल्लेख गरे ।

किसानलाई अनुदान

सरकारले कृषिमा आत्मनिर्भर बनाउन हरेक किसानलाई अनुदानको व्यवस्था गरेको मन्त्री पराजुलीले जानकारी दिए । ‘योजना हेरेर ३२ हजारदेखि १ लाखसम्म सरकारले अनुदान दिन्छ,’ उनले भने, ‘त्यसका लागि एक पेजमा आफ्नो उद्देश्यसहितको निवेदन दिने व्यवस्था मिलाइएको छ ।’

मन्त्री पराजुलीले खेतीयोग्य जग्गा बाँझो राख्ने प्रवृत्ति अन्त्य गर्न सरकारले भू उपयोग नीतिलाई कार्यान्वयन गर्ने चरणमा रहेको बताए ।

कार्यक्रममा कृषिविज्ञ भोलामानसिंह बस्नेतले कृषिको आधुनिकीकरण गर्न ढिलाइ भएको बताए । उनले उच्चस्तरीय खाद्य सुरक्षा मिसन बनाउन सरकारलाई आग्रह गर्दै नेपाल कृषिमा सहजै आत्मनिर्भर बस्न सक्ने दलिल पेश गरे ।

अगुवा कृषक डीबी भण्डारीले निर्वाहमुखी कृषि प्रणाली अन्त्य गर्दै कृषिमा आधुकिनीकरण गर्न सरकारलाई आग्रह गरे ।
कान्तिपुरबाट


  •  
  •  
  •