निर्वाचनपछि पार्टी एकता अनि मात्र सरकारः ओली

126
  •  
  •  
  •  

काठमाडौँ, ७ मंसिर (ओएनएस)
नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचन आचारसंहिता विपरित काम गरिरहेको बताएका छन् । आचारसंहिता विपरित शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रहरी बढुवा, सरुवा र संघसंस्थाहरु खारेजी जस्ता कृयाकलाप गरिरहेको बताए । आचारसंहिता पालना गराउनुपर्ने सरकार आफैँ उलंघन गर्दै हिडेकोमा उनले आपत्ति जनाए ।

एमाले र माओवादी एकताको क्रममा निर्वाचन आएकाले चुनावी गठबन्धन गर्नुपरेको उनले बताए । दाङमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘एमाले र माओवादीबीच एकताको कुरा भइरहेको थियो । निर्वाचनको प्राविधिक कारणले तत्काल सम्भव भएन । निर्वाचनपछि पार्टी एकता हुन्छ र त्यसपछि सरकार बन्छ ।’

निर्वाचनपछि स्थिर सरकार बन्ने र विका निर्माणको कामले गति लिने ओलीको भनाइ छ । राम्रो काम गर्दागर्दै आफू नेतृत्वको सरकार छिट्टै हट्नु परेको स्मरण गर्दै ओलीले भने ‘अवको निर्वाचनपछि त्यस्तो आउँदैन ।’


  •  
  •  
  •