निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकारः महामन्त्री कोइराला

119
  •  
  •  
  •  

काठमाडौँ, ११ मंसिर (ओएनएस): नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रदेश र प्रतिनिधि सभा निर्वाचनबाट कांग्रेस पहिलो दल बन्ने दावी गरेका छन् । राजधानीमा सोमबार भएको चुनावी बहस कार्यक्रममा कोइरालाले कांग्रेसको पक्षमा लहर आएको दाबी गर्दै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने जिकिर गरे ।

निर्वाचनमा कांग्रेस एकतावद्ध भएर लागेको उल्लेख गर्दै उनले आन्तरिक एकताले कांग्रेसको पक्षमा जनलहर आएको उनको दावी छ । निर्वाचपछि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल वा आफू मध्येबाट एकले सरकारको नेतृत्व गर्ने उनले बताए । देउवा र पौडेललाई मिलाएर आफू प्रधानमन्त्री बन्ने सम्भावना रहेको उनको तर्क छ ।

नवलपरासी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका कोइरालाले जिल्लाको विकासका लागि आफू प्रतिवद्ध भएको बताए । जिल्लामा भएका सिँचाई, तटबन्ध निर्माण, बाटोघाटो, अस्पताल जस्ता क्षेत्रको पूर्वाधार निर्माणमा आफू प्रतिवद्ध रहेको कोइरालाको भनाई छ । उनले जिल्लामा अन्तर्राष्ट्रिय रंगशाला बनाउने प्रतिबद्धता समेत जनाए ।


  •  
  •  
  •