नबिल बैंकको “नबिल स्मार्ट कार्ड”

641
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस): नबिल बैंक लिमिटेडले आफनो डेविट कार्ड कारोवार सुरक्षा अभिबृद्धि गर्ने उद्धेश्य सहित जेठ १८ गतेदेखि लागु हुने गरि  EMV प्रविधिमा आधारित स्मार्ट चिपमा स्तर वृद्धि गरेको छ । नबिलको यस नयाँ नबिल स्मार्ट कार्डले हालसम्म डाटा भण्डारणको लागि चलिआएको म्याग्नेटीक स्ट्राइप शैलिलाई प्रतिस्थापन गर्नेछ भने योसगै बैंकको भुक्तानी कारोबार थप सुरक्षीत हुने बैंकले जानकारी दिएको छ ।

नयाँ चिप प्रविधिमा निहित विभिन्न सुरक्षा विशेषताहरु मध्ये एक “Point of Sales” कारोबारका लागि पिन प्रमाणीकरण हो जुन आजसम्म एटिएम कारोबारमा मात्र सिमित थियो । अब नबिलका डेविट कार्ड प्रयोग कर्ताहरुले भने प्वाईन्ट अफ सेल्स कारोवार गर्दा कुनै पनि इएमभी कम्प्लायन्ट टर्मिनलमा आफ्नो पिन नम्वर प्रयोग गर्नुपर्ने बताइएकोछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले बैंकले आफनो क्रेडिट कार्ड पनि चाडैनै नयाँ प्रविधिमा स्तरोन्नती गर्ने तथा बजारमा रहेका पुराना म्याग्नेटीक स्ट्राइप प्रणालीमा आधारीत कार्डहरुलाई नयाँ नबिल स्मार्ट कार्डले प्रतिस्थापन गर्ने जानकारी दिए । बैंकले ४८ वटा शाखा, ८५ वटा एटिएम र १३०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।


  •  
  •  
  •