काठमाडौं, ३० जेठ (ओएनएस) । व्यबस्थापिका संसदले गत मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा भएको भनिएको धादलीबारे छानविन गर्न संसदीय समिति गठन गरेको छ ।
व्यबस्थापिका संसदको शुक्रबार बसेको बैठकले विभिन्न दलका ७ जना सदस्य रहेको समिति गठन गरेको हो । समितिमा नेपाली कांगे्रसका बलबहादुर केसी र कमल पंगेनी, नेकपा एमालेका भीम रावल र भानुभत्तल ढकाल, एकीकृत माओवादीका रामनारायण बिडारी र रेखा शर्मा र सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण सदस्य छन् ।
प्रमुख दलहरुबीच भएको चारबुँदे सहमतिअनुसार संसदले समिति गठन गरेको हो । व्यबस्थापिका संसदमा रहेको अबरोध हटाउने क्रममा सरकारले संसदीय समिति गठनगर्न सभामुखसंग आग्रह गरेको थियो । समितिलाइ निर्वाचनका क्रममा उठेको प्रश्नवारे छानविन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । बैठकमा नेपाली काँगे्रसका चीनकाजी श्रेष्ठले समिति गठन गर्न राखेको प्रस्तावको एमालेका राजेन्द्र पाण्डे र एमाओवादी मुख्य समेतक गिरिराजमणि पोखरेलले समर्थन गरेका थिए ।