देवघाट क्षेत्र विकास समितिमा पिया नियुक्त

1064
  •  
  •  
  •  

काठमाडौ, जेठ २६ (ओएनएस) । देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शैलेन्द्रकुमार पिया नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भीम आचार्यको अध्यक्षतामा भएको बैठकले पियालाई समितिको अध्यक्षलाई नियुक्त गरेको हो ।

समितिको सदस्यमा टंकप्रसाद पौडेल नियुक्त भएका छन् । पिया र पौडेलको कार्यकाल दुई वर्ष तोकिएको छ । दुवै चितवन निवासी हुन ।

यस्तै, मन्त्रीस्तरीय बैठकले विराट क्षेत्र पर्यटन विकास समितिको अध्यक्षमा डिल्लीराज शर्मालाई ४ वर्षका लागि नियुक्त गरेको छ । शर्मा मोरङ निवासी हुन ।


  •  
  •  
  •