दलहरु वीच सहमती भए पछि अवरुद्ध संसद सूचारु

718
  •  
  •  
  •  

मदन कोइराला काठमाडौं, २८ जेठ (ओएनएस) 

सरकारका दुई मन्त्रीले जवाफ दिए पछि १३ दिन देखि अवरुद्ध ब्वस्थापिका संसदको बैठक सुचारु भएको छ । बिगतमा भएको चार बुँदे सहमती कार्यान्वयन गर्ने प्रतिबद्धता सरकारको तर्फबाट संसदमा ब्यक्त भएपछि बिपक्षदलले सदन सुचारु गर्न दिएका हुन् ।

प्रमुख तीन दलका नेताहरु वीच दिउसो देखि संविधानसभा भित्र भएको छलफल पछि पाँच बुदे सहमती भएसँगै सरकारको तर्फबाट संसदको बैठकमा प्रतिवद्धता ब्यक्त गरिएको हो ।

साँझ अवेर सुरु बैठकमा सरकारको तर्फबाट कानून मन्त्री नरहरी आचार्यले प्रमुख तिन दल वीच भएको चार बुँदे सहमती यथाशिध्र कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । त्यस्तै अर्थ मन्त्री रामशरण महतले ३५ अर्व ३१ करोड रकमान्तर भएको जानकारी गराएका थिए ।

संसदको बैठकलाई सम्बोधन गर्दै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दिनमा पुरा गर्न सकिने मागलाई सरकारले १३ दिन लगाएको भन्दै सरकारको आलोचना गरे । उनले उच्चस्तरिय राजनीतिक समिति संविधानसभालाई ओझेलमा पार्न नभई बाहिर रहेका दलहरुलाई पनि सहमतीमा ल्याउनको लागि भएको बताए ।


  •  
  •  
  •