थाइल्याण्डमा सैनिक शासन

774
  •  
  •  
  •  

काठमाडौं, ६ जेठ (एजेन्सी)  : लामो समयदेखि थाइल्याण्डमा सरकार विरोधी आन्दोलन चर्किएपछि सेनाले सत्ता कब्जा गरेको छ । सेनाले प्रधानमन्त्री यिङलक सिनावात्रालाई सत्ताच्युत गरि सत्ता हातमा लिएको हो ।
एक महिना पहिला त्यहाँको अदालतले प्रधानमन्त्री सिनावात्राको क्याविनेटलाई हटाउन आदेशसमेत दिएको थियो । यो बीचमा सरकार पक्ष र विपक्ष सडक आन्दोलन गरिरहेका थिए । त्यहाँ सैनिक प्रमुख प्रयुधन चान ओचाले एक वक्तव्य जारी गर्दै सत्ता पक्ष र विपक्षबीच बढ्दो तनावका कारण देखिएको अशान्ति न्युनकरण गर्न सत्ता हातमा लिएको बताएका छन् । उनले भनेका छन्, ‘बाध्यात्मक परिस्थितिका कारण यो कदम चालिएको हो, आशा छ छिटै सबै पक्षबीच सहमति हुनेछ ।’ सेनाले सत्ता हत्याएपछि त्यहाँ ठूलो मात्रामा सेना परिचालन गरिएको जनाइएको छ । त्यस्तै सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनलाई पनि नियन्त्रणमा लिएको छ ।
सैनिक शासनका लागि सेनाले आफ्नो हातमा धेरै अधिकार लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यो घटनापछि सरकार समर्थकले आन्दोलन चर्काउन सक्ने बताइएको छ ।

  •  
  •  
  •