कोभिड १९ अस्पताल र प्रयोगशालाहरु दशैँमा पनि सञ्चालन हुने

मन्त्रालयका निर्णयहरुको अपव्याख्या भएको प्रति आपत्ती
123
  •  
  •  
  •  

काठमाडौँ, कोभिड १९ अस्पताल र प्रयोगशालाहरु दशैँमा पनि आवश्यकता अनुसार सञ्चालन हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बुधबार दिएको जानकारी अनुसार दशैँ विदामा पनि आवश्यकता अनुसार अस्पताल र प्रयोगशाला सञ्चालन गर्ने व्यवस्था गरिनेछ ।

उनले कोभिड १९ को सम्बन्धमा मन्त्रालयका निर्णयहरुलाई अपब्याख्या गरी जथाभावी सूचनाहरु प्रकाशित भएको पाइएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

गौतमले भने- “त्यस्ता कपोकल्पीत भ्रामक सूचनाले सर्वसाधारणमा नकारात्मक सन्देश जाने हुँदा त्यस्ता कार्य नगर्न नगराउन सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विनम्र अनुरोध गर्दछ”

कोरोना नियन्त्रण र रोकथाम सम्भव छ भन्दै उनले सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न आव्हान समेत गरेका छन् ।

 


  •  
  •  
  •