थपिए ५ हजार ७ सय ४३ कोरोना संक्रमित

96
  •  
  •  
  •  

काठमाडौँ, पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ नयाँ संक्रमित थपिएका छन् ।

त्यसमध्ये राजधानीमा मात्र ३ हजार १ सय ७ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यसमध्ये काठमाडौँमा २ हजार ३ सय ९१ थपिएका छन् भने भक्तपुरमा १ सय ७३ र ललितपुरमा ५ सय ४३ संक्रमितको संख्या  थपिएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको बुधवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले बताए ।

देशभर क्वारेन्टाइनमा ४ हजार ६५ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा रहनेको संख्या १४ हजार ६ सय ७६ रहेको छ भने होम आइसोलेशनमा २९ हजार ८ सय संक्रमित रहेका छन् । देशभर ८७ जना कोरोना संक्रमितको भ्यान्टिलेटरमा राखी उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •