काठमाडौं, २६ भदौ (ओएनएस) : विज्ञहरुले भारत–नेपाल–चीन सम्बन्धलाई नयाँ ढंगले अगाडी बढाउने अहिले उपयुक्त समय भएको बताएका छन् । चीन विश्व अर्थतन्त्रको नेतृत्वदायी भूमिकामा पुसिकेको र भारतले तीब्र आर्थिक बृद्विदर हासिल गरिरहेको अवस्थालाई नेपाललाई पनि सँगै लिएर अगाडी बढ्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
‘दि र्इिन्स्टच्युट अफ् ईन्टरनेशनल एण्ड स्ट्राटेजी ईष्टडिज’ले बिहीवार काठमाडौंमा गरेको कार्यक्रममा नेपाललाई निकै अवसर रहेको भन्दै दुई ढुंगाको तरुलको अवधारणा त्याग्न सुझाव समेत दिएका छन् । नेपालकालागि भारतीय पूर्वराजदुत के.भी. राजनले त्रिपक्षीय सम्बन्धलाई अगाडी बढाउने सही समय भएको भन्दै त्यसका लागि विश्वासको वातावरण हुनुपर्ने र बुझाईमा एकरुपता हुनुपर्नेमा जोड दिए ।
दक्षिण एसीयाको नेतृत्व गरिरहेको भारत र एसियाकै नेतृत्व गरिरहेको चीनले आपसी सुमधुर सम्बन्ध काम गरेर नेपाललाई पनि पुलको रुपमा जोड्नुपर्नेमा जोड दिए । उनले नेपालका लागि उपुक्त अवसर रहेको भन्दै दुई ढुंगाको अवधारणा छोड्नुपर्ने सुझाव दिए । भारत तिब्बर बोर्डर फोर्सका पूर्व महानिर्देशक गौतम कौलले नेपाल भारतको सिमाको सही व्यवस्थापन र उपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले लामो खुल्ला सिमालाई आपसी समझदारीबा व्यस्थित गर्नुपर्ने सुझाव दिए । उनले आर्थिक विकास र सहयात्राका लागि रेल सञ्जालले भारत र नेपालको पर्यटकीय ठाँउहरुलाई जोड्नुपर्ने आवश्यकता रहेको बताए । चीनका पूर्व उपविदेशमन्त्री झ्याङ विचाउले त्रिदेशीय सम्बन्ध सबैको हितमा रहेको भन्दै यसलाई बलियो बनाउन सबै लाग्नुपर्ने बताए । भारत र चीनको चासो सुरक्षा विषयमा पनि रहेको भन्दै आपसी समझदारीबाट अगाडी बढ्नुपर्ने विचाउको भनाई छ । कार्यक्रममा नेपाल भारतका तथा चीनका विभिन्न विज्ञहरुले भारत–नेपाल–चीन त्रिपक्षीय सम्बन्धबारे बोलेका थिए ।