डब्लुटिओले नेपाललाई प्राविधिक क्षेत्रमा सहयोग गर्ने

919
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस): विश्व व्यापार संगठनका महानिर्देशक रोबर्टो जाभेदोले नेपालमा राजनीतिक स्थाईत्व र प्रजातान्त्रिक स्थिरता हुनु लगानीकर्ताको लागि महत्वपूर्ण हुने बताएका छन् । सदभावना भ्रमणअन्तरगत नेपाल भ्रमणमा आएका महानिर्देशक जाभेदोले बुधवार पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले अतिकम विकशीत मुलुकहरुको समुहको नेतृत्वमा संगठनलाई अति महत्वपूर्ण सहयोग गरेकोमा सराहना गर्दै थप क्षेत्रमा सहकार्य गर्ने इच्छा व्यक्त गरे । उनले नेपालको पश्मिना उत्पादन र बजारीकरणमा विश्व व्यापार संगठनले गरेको सहयोगमा सफलता पाएको भन्दै अन्य क्षेत्रमा सहयोग गर्ने बारेमा हेरीरहेको जानकारी दिए ।

महानिर्देशक जाभेदोले नेपाल लगायत अतिकम विकशित मुलुकहरुले ड्यूटी फ्री र कोटा फ्री, रुल अफ ओरिजनलगायतका विषयमा समस्या भोगिरहेको भन्दै त्यसलाई समाधान गर्न संगठनको बाली मिटिङ महत्वपूर्ण भएको बताए । अतिकम विकशित मुलुकहरुले भोगिरहेको समस्या र अवस्थाको बारेमा आफु हेर्न र सिक्न नेपाल आएको उनले बताए ।

अतिकम विकशीत मुलुकहरुले नन ट्यारीफ अवरोधहरु बेहोरीरहेको बारेमा बाली मिटिङले केहि समाधान गरेको भन्दै धनी अर्थतन्त्र भएका मुलुकहरुले छलफलको माध्यमबाट अतिकम विकशित मुलुकहरुलाई सहयोग गर्नुपर्ने बताए ।

पत्रकार सम्मेलनमा बाणिज्य तथा आपूर्तिमन्त्री सुनिल बहादुर थापाले संगठनका महानिर्देशकसँग नेपालको ड्यूटी फ्री, कोटा फ्री, बजार उपलब्ध गराउन सहयोग गर्ने बारे छलफल भएको जानकारी दिए ।


  •  
  •  
  •