डकुमेन्ट्री बनाउन बिहे

905
  •  
  •  
  •  

yesto

एजेन्सी/ दक्षिण अमेरिकी राष्ट्र इक्वेडोरको अमेजन क्षेत्रस्थित बरसाती जंगल इलाकामा हुवेयोरानी जातिका मानिसको बसोबास छ । अत्यन्त पिछडिएका यो जातिमाथि फिल्म अथवा डकुमेन्ट्री बनाउन र किताब लेख्न लालायित हुनेहरू धेरै छन् । तर, धेरैले यसो गर्न सकेका छैनन् ।

किनकि अपरिचित मानिसलाई यी आदिवासीले आफ्नो समुदाय र रीतिरिवाज आदिबारे केही बताउँदैनन् । यदि बाहिरको कसैलाई यो जातिबारे केही जान्नु छ भने उसले यो समुदायको सदस्यसँग बिहे गर्नुपर्छ ।

एक बेलायती युवतीले हुवेयोरानी समुदायको जनजीवनबारे डकुमेन्ट्री बनाउन मन लाग्यो । यसका लागि उनले समुदायका एक सदस्यसँग बिहे गरिन् । डकुमेन्ट्री निर्माणका लागि बिहे गर्न तयार हुने युवती हुन्, साराह बेगम ।

साराहले यो जातिमा मानिसको काम गर्ने तरिका, उनीहरूको संस्कृति र सभ्यतालाई डकुमेन्ट्रीमा समेट्न चाहेकी थिइन् । यसका लागि उनले यी समुदायका सदस्यसँग अनेक प्रश्न गरिन् । तर, कसैले जवाफ फर्काएन । कोही किन बोल्दैन भन्ने बुझ्दै जाँदा उनले पत्तो पाइन्– बाहिरका मानिसले समुदायको सदस्यसँग बिहे गरेपछि मात्रै समुदायका मानिस ती व्यक्तिसँग गफ गर्दा रहेछन् ।

त्यसपछि उनी बिहे गर्न तयार भइन् । आदिवासी रिवाजअनुरूप बिहे गरेपछि मात्रै उनले डकुमेन्ट्री बनाउन सकिन् । यद्यपि, उनले बेहुलासँग जीवन बिताउन नभई विधि पुर्‍याउनका लागि मात्र बिहे गरेकी थिइन् । बिहेपछि समुदायका मानिसले उनका सबै प्रश्नको उत्तर सहज रूपमा दिए । डकुमेन्ट्रीमा समुदायका महिलाको सदस्यले सिलाइ–बुनाइका टेक्निकबारे बताएका छन् भने पुरुषहरूले सिकार गर्ने शैलीबारे उल्लेख गरेका छन् ।


  •  
  •  
  •