ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

137
  •  
  •  
  •  

चितवन, २० मंसिर (ओएनएस) : चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना ६ ख ९७३१ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा ७७ प ४२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका स्याङ्जाका करिब ३२ वर्षीय महेन्द्र ढकालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।


  •  
  •  
  •