टेलिकमलेशेयरधनिहरुलाई ४६ प्रतिशत नगद लाभांस दिने

626
  •  
  •  
  •  

काठमाडौं, १९ जेठ (ओएनएस): नेपाल टेलिकमले आफ्ना शेयरधनिहरुलाई चुक्ता पुँजीको ४६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिले गत वर्षकोभन्दा दुई प्रतिशत कम लाभांस दिने घोषणा गरेको हो । टेलिकमका अनुसार कुल ६ अर्ब ९० करोड रुपैयाँ लाभांस दिन लागेको हो । कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ ।अघिल्लो वर्ष कम्पनीले ४८ प्रतिशत लाभांस दिएको थियो ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्म टेलिकमले ८ अर्ब ६० करोड रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्षको असार मसान्तसम्ममा ११ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाउने कम्पनीको अनुमान छ । गत वर्ष कम्पनीले ११ अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको थियो ।प्रस्तावित लाभांस स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको टेलिकमले जनाएको छ ।


  •  
  •  
  •